
त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ । यसका लागि दुवै देशको सहमतिको पर्खाइ रहेको छ । बारिसाल–कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन ।
ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले डेली सनसँग भने, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चारवटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् ।