विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ ।करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो रेवन्त-रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरे ।विराट मेडिकल कलेजका १२ सय शैय्यामध्ये १०० शैय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
ADVERTISEMENT

