काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो ।मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।
ADVERTISEMENT

