
दुई दिनसम्म चल्ने सो सम्मेलन परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्य दूतहरुको संस्था अन्तर कन्सुलर कर्पस नेपाल (एचसीसीएन) को संयुक्त आयोजनामा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सो सम्मेलनमा नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १९ देशका गैरअवासीय राजदूत तथा विभिन्न देशका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, विदेश मामिलाका जानकार तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नेपाल पर्यटन बोर्ड, लगानी बोर्ड, लुम्बिनी विकास कोषका उच्च अधिकारी, पर्यटन व्यवसायमा आबद्ध विभिन्न संघ संस्थाको पनि उपस्थिति रहने बताइएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा पर्यटकीय विकासका लागि यो सम्मेलन गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्तर कन्सुलर कर्पस नेपालका प्रमुख विष्णुकुमार अग्रवालले यो सम्मेलनले विश्वका बौद्ध धर्मावलम्बीलाई नेपालसँग जोड्ने विश्वास लिएको बताए । यो सम्मेलनले पर्यटकीय क्षेत्रमा टेवा पुग्नुका साथै यस क्षेत्रमा लगानीको वातावरण बन्ने विश्वास लिएको उनले बताए ।