
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा तपसिलको व्यक्तिहरूले होहल्ला गरी कार्यक्रम बिथोल्न गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको र साथै पार्टीको अहित हुने कार्यमा संलग्न भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा १,२,३,४,५,६,१०,११ आकर्षित हुने हुँदा तपाईंहरुलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’
तोकिएको समयमा चित्त बुझ्दो जवाफ नआएमा थप कारबाहीको प्रक्रिया अगाडि बढाउने उपाध्यक्ष साहले बताए ।जनमतले केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, जलेश्वर नगरपालिका समितिका सचिव संजित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि स्पष्टीकरण सोधिएको छ ।