इटहरी / रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् ।
छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाकारी दिएकाे छ । उनले नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो । तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएकोमा सोको भोलिपल्टै सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।