नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेबगिया उपशाखाको सभापतिमा चित्रबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकारी शान्ति श्रेष्ठका अनुसार नेपालगन्जमा आइतबार सम्पन्न भएको निर्वाचन प्रक्रिया अनुसार अधिवक्ता केसी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । उनी उच्च अदालत बार एशोसियशन नेपालगन्जको पुर्वउपाध्यक्ष हुन् ।
उपशाखाको महिला उपसभापतिमा पुतला आचार्य शुक्ला, सचिव अरुणकुमार सिंह, कोषाध्यक्षमा रमेशप्रसाद तिमिल्सिना, उपसचिवमा केदार प्रसाद आचार्य, उपकोषाध्यक्षमा मनिषचन्द्र श्रीमद वर्णवाल र महिला सदस्यमा कञ्चन आचार्य निर्वाचित भएका छन् । यसैगरी खुला सदस्यहरुमा विणिदत्त घिमिरे, राजेन्द्रकुमार पाण्डे, रामआधार सिंह र पदमबहादुर खड्का निर्वाचित भएका छन् ।