डुडुवामा कांग्रेसको अग्रता, चौधरी ८ सय ८४ मतले अगाडी
zeenepal
२०७९ जेष्ठ २,
3
Shares
बाँके (डुडुवा) : डुडुवामा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र चौधरी र साहिदा बानोले अग्रता कायमै राखेका छन् । गाउँपालिका अध्यक्षमा चौधरीले २४६६ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।
यस्तै नेकपा एमालेका सरोजकुमारी यादवले १५८२ मत प्राप्त गरेकी छन् । चौधरी र सरोजकुमारीबीच ८८४ मतको अन्तर रहेको छ । जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल यादवले १४७३ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा बानोले २३०७ मत ल्याएर अगाडी छिन् । एमालेका शकिल खाले १६७६ मत ल्याएका छन् । जनता समाजवादी पार्टी(जसपा)की उम्मेदवार नरन्नुम बानोले १४४५ मत ल्याएकी छन् । डुडुवामा हालसम्म ६८९३ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।