जनकपुर/वीरगन्ज — नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको जय ट्रफी मेन्स इलाइट कप प्रतियोगितfको दुवै खेल बराबरीमा सकिएको छ । आर्मी र पुलिस एवं वाग्मती र मधेशबीच भएको दुई दिवसीय खेल बराबरीमा सकिएको हो । प्रतियोगितामा कुल चार टिम सहभागी रहने छन् । क्यानका पूर्व अध्यक्ष जयकुमारनाथ शाहको स्मृतिको उनकै नाम राखेर यो प्रतियोगिता हुने भएको हो ।
शाहब आलमले घरेलु क्रिकेटकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले सोमबार जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध ८ विकेट लिए । अघिल्लो दिन ५ विकेट लिएका उनले पुलिसको बाँकी रहेको ३ विकेट पनि लिए ।