काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा बाढी र पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

