काठमाडौँ । किसानले कृषिमन्त्री रामनाथ अधिकारीलाई १० बुँदे मागपत्र बुझाएका छन् । २०७२ को संविधानमा स्थापित खाद्य सम्प्रभुता नीतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन, भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्न, अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्न लगायतका १० बुँदे माग किसानले शुक्रबार मन्त्रालयमा मन्त्रीलाई बुझाएका हुन् ।
उनीहरुले खेती गर्ने किसानलाई जमिन उपलब्ध गराउन, कृषि उत्पादन उपजको मूल्य निर्धारणलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत निकायले सूचीकृत गरी लागु गर्न लगायत विषय पेस गरेका छन् । दुई तीन दिनमा सो मागबारे छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
किसानका १० बुँदे मागः
१) २०७२ को संविधानमा स्थापित खाद्य सम्प्रभुता नीतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइयोस् ।

