काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।मन्त्री पाण्डेले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । उनले पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरू समयमै सम्पन्न गर्न नसकिएको बताए ।
ADVERTISEMENT

