नेपालगञ्ज । खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मंगलबार नेपालगञ्जमा आयोजना गरेको सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले स्वस्थ जीवनशैलीका लागि स्वच्छ खानपिनमा ध्यान दिनुपर्ने बताए । उत्पादक र विक्रेताहरुमाथि निगरानी र अनुगमन बढाउँदै उपभोक्ताहरुमा पनि खाद्य स्वच्छताबारे सचेतना जागृत गरिरहनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षता एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपसचिव दिनेश त्रिपाठी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली लगायतले बोलेका थिए ।
यस्तै मंगलबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक बर्ष २०८१/८२ को तेस्रो त्रैमासिक समिक्षा गोष्ठी पनि सम्पन्न गरेको छ । गोष्ठीमा कार्यालयका खाद्य अधिकृत रामहरि लामिछानेले कार्यालयका उपलब्धि र चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डिभिजन कार्यालय तुलसीपुरका प्राविधिक सहायक सुदर्शन गोसाईले पनि तेस्रो त्रैमासिक विवरण प्रस्तुत गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका उपसचिव त्रिपाठी, महाशाखा प्रमुख ज्ञवाली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपभोक्ता अधिकारकर्मी अधिबक्ता बसन्त गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन खाद्य अधिकृत एकराज बुढाथोकीले गरेका थिए भने स्वागत प्राविधिक सहायक स्मिता पौडेलले गरेकी थिइन् ।
ADVERTISEMENT

