नेपालगञ्ज । राष्ट्रिय समाचार समिति रासस द्वारा अवधि भाषामा प्रकाशन हुँदै आएको समाचार सेवाका बारेमा आज नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा राससका अध्यक्ष धर्मेन्द्र झाले अवधि भाषाको महत्व, संरक्षण र विस्तारका लागि सञ्चारको भूमिका अपरिहार्य रहेको बताए । अध्यक्ष झाले राससले राष्ट्रिय भाषाहरुलाई समेट्दै समाचार सेवा विस्तार गरिरहेको भन्दै अवधि भाषामा समाचार सेवा प्रकाशन गरिनु त्यसैको एउटा कडी भएको बताए ।
कार्यक्रममा सहभागी विभिन्न सञ्चार माध्यमका सम्पादक तथा सञ्चारकर्मी, अवधि भाषी कलाकार,साहित्यकार,शिक्षक शिक्षिका,अधिकारकर्मी लगायतले अवधिका भाषाको विकास र विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए । रासस नेपालगञ्जका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले अवधि भाषा समाचार प्रकाशनका लागि उपमहानगरपालिकाले दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइने बताए ।
ADVERTISEMENT

