उपमहानगरपालिकाले नगरमा हुर्केका विरुवाहरुमा बोर्डोपेस्ट लगाउन सुरु गरे
zeenepal
२०८१ चैत्र १३,
24
Shares
नेपालगञ्ज उपमहानगरपालिकाले नगरमा हुर्केका विरुवाहरुमा बोर्डोपेस्ट लगाउन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कृषि प्राविधिक भुवन प्रसाद पन्तको नेतृत्वमा बोर्डोपेस्ट लगाउने कार्यको सुरुवात गरिएकाृे हो । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यतिबेला फूलहरू ढकमक्क फुलेका छन्, जसले फूल पारखीहरुलाई आकर्षित गरिरहेका छन् । ती विरुवाहरुलाई जोगाउने उद्देश्यले बोर्डोपेस्ट लगाउन थालिएको हो । कृषि प्राविधिक पन्तका अनुसार बोर्डोपेस्ट १ भाग कपर सल्फेट, १ भाग चुन र १० भाग पानीको अनुपात तयार गरी गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म तथा न्युरोड क्षेत्रमा त्रिवेणी मोडदेखि सेतु बिक चोकसम्म विरुवाहरूमा पेस्ट लगाइँदैछ ।
नगर प्रमुख प्रशान्त विष्टको निर्देशन अनुसार बोर्डोपेस्ट लगाउने कार्य भइरहेको फिल्डमा खटिएका प्राविधिक पन्तले बताए । बिरुवामा बोर्डोपेस्ट लगाउँदा किटनाशक ढुसीनाशकको काम गर्ने, हाँगा काटिएको ठाउँ वा घाउ भएको ठाउँमा पेस्ट लगाउँदा रोग किराको प्रकोप कम हुनुको साथै झन सौन्दर्य थपिने प्राविधिक पन्तले बताए । विगत एक वर्षदेखि कृषि शाखामा कार्यरत पन्तले सामाजिक लगायत कृषि कार्य तथा किसानको फिल्डमा खरोरुपमा उत्रेर लगनशील भई उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । उनकै सोचमा बोर्डोपेस्ट लगाउने काम भइरहेको छ । नेपालगञ्जको सौन्दर्यात्मक मनमोहक दृश्यलाई उद्धृत गर्दै उनले भने जो-जसले विगतमा यी फूलका बोटहरु लगाउने हुर्काउने अभियान चलाउनुभयो, उहाँहरुप्रति उच्च सम्मान छ । हामीले यसमा थप दिर्घकालीन होस् भन्नका लागि रोग किराबाट बचाउन यो कार्य गरेका हौं । बोर्डोपेस्ट लगाउने कार्य चलिरहँदा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का पनि निरीक्षणमा पुगेका थिए ।