नेपालगञ्ज । बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन भएको छ । विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यस्मृतिमा बाँके र बर्दियाका विभिन्न केन्द्रहरुमा भदौ ७, ८ र ९ गते सञ्चालन भएको रक्तदान शिविरमा उल्लेख्य रगत संकलन भएको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्ज अन्तर्गत बाँकेमा १५४ र बर्दियामा १९० पिन्ट रगत संकलन भएको ब्रह्मकुमार कृष्णले जानकारी दिए । ब्रह्माकुमारी शाखाहरूले विभिन्न संघ–संस्था र सामाजिक निकायहरूसँग सहकार्य गरी रक्तदान महादान शिविर आयोजना गरेका हुन् ।
ADVERTISEMENT

