
यसैगरी सहिद गङ्गालाल फाउन्डेसनले रामेछापमै आयोजना गरेको अर्को कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनीति दुई पेसाबिच ठुलो भिन्नता उल्लेख गरे । चिकित्सकले आफ्नो पेसामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रूपले आफ्नै राजनीतिलाई डोर्याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।