काठमाडौं । अस्पताल व्यवस्थापनको दरबन्दी सिर्जना गर्नका लागि नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएको छ ।संघका अध्यक्ष महेन्द्र भुसालसहित पदाधिकारीले अस्पतालको न्यूनतम सेवा मापदण्डका लागि व्यवस्थापन दरबन्दीको आवश्यक रहेको उल्लेख गर्दै सातै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई ध्यानकर्षण गराएका हुन् ।पोखरा विश्वविद्यालयले सन् २००० देखि स्वास्थ्य व्यवस्थापन विषयमा स्नातक, स्नातकोत्तर तहमा जनशक्ति उत्पादन गर्दै आएको छ ।
पोखरा विश्वविद्यालयले हालसम्म स्नातक तहमा २ हजार, पोष्ट ग््रयाजुयट तहमा ५०० र स्नातकोत्तर तहमा १ हजार जनशक्ति उत्पादन गरिसकेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थाबाट स्नातक, स्नातकोत्तरमा थप वार्षिक ३०० जनशक्तिको उत्पादन हुँदै आएको छ ।स्वास्थ्य सेवा व्यवस्थापनमा उत्पादित जनशक्तिको आवश्यकता महसुस गर्दै सरकारले २०७५ सालदेखि ५० शय्याभन्दा माथिका अस्पतालमा करारमा राख्दै आएको छ ।
संघका अध्यक्ष भुसालका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरु ४५ जिल्ला अस्पताल र प्रादेशिक तथा संघिय अस्पतालमा समेत कार्यरत छन् । अब सरकारले स्वास्थ्य सेवा व्यवस्थापक दरबन्दी सिर्जना गर्दै लोकसेवा मार्फत स्थायी गर्नुपर्ने संघको माग छ ।हाल अस्पताल सञ्चालन चिकित्सकले नै गर्दै आएका छन् । मेडिकल डाक्टरले प्रशासन सञ्चालन सक्षम हुँदैनन,’ भुसालले भने, ‘लोकसेवामार्फत अस्पताल व्यवस्थापकको दरबन्दी सिर्जना गरेर लोकसेवा मार्फत जनशक्तिलाई व्यवस्थित गर्दैै अस्पतालको सेवा चुस्त बनाउनुपर्छ ।’स्वास्थ्य सेवा व्यवस्थापनमा दक्षता हासिल गरेका जनशक्ति अस्पतालको व्यवस्थापनमा रहँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सक्षम हुन्छन् ।
ADVERTISEMENT

