काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना भएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको बताएका हुन् ।
तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुनु एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो’, उनले भने ।प्रधानमन्त्री प्रचण्डले कुनै दलले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको महशुस नहोस् भनेर काँग्रेसबाट राष्ट्रपति निर्वाचित गर्न सहयोगगरेको जिकिर गरे ।
ADVERTISEMENT

