
भारतले नाकाबन्दी गरेको भए त्यो बेला कसरी त्यति आयात भयो त ? अरू बेला जति आयात हुन्थ्यो त्यति नै आयात त्यतिबेला भएको थियो भने कसरी भारतले नाकाबन्दी गर्यो ?’ संयोजक महतोले भने । उनले अगाडि भने, ‘नेपालमा मधेसीको माग पूरा नहुनुमा भारतले जस लिनुपर्छ ।
किनभने ८ बुँदे सम्झौता भारतले गराएको थियो। तर आज त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यसको जिम्मेवारी भारतले लिनुपर्छ ।ब्रिटिशसँग सुगौली सन्धि हुँदा भारत साक्षी भएकाेले आजसम्म त्यो कार्यान्वयन नभएको भन्दै उनले त्यसको दोष पनि भारतले लिनुपर्ने दाबी गरे ।