काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्। एउटा क्यानबाटै आफ्नो भाग्य चम्किने अपेक्षा नगरेका लामाले कार जितेको खबरले आफू र आफ्नो परिवारमा ठूलो खुसी छाएको बताएका छन्।
यस अभियानअन्तर्गत हालसम्म देशभरका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितिसकेका छन्। जसमा १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरेका हुन्। मोटरसाइकल जित्ने भाग्यशाली विजेताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बुटवलका रिधम गुरुङ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्यलगायत रहेका छन्।त्यस्तै, धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, पोखराका नोडराज रेग्मी र अनिशा मिजारलगायतले स्कुटर जितेका छन्।
म्याक्स टाइगरले यस अभियानमा कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा कार बम्पर पुरस्कारका रूपमा राखेको थियो। हालसम्म २८ जनाले पुरस्कार पाइसकेको र अझै आठ जना भाग्यशाली उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।कम्पनीले आफ्ना उपभोक्तालाई मनोरञ्जनका साथै पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको भन्दै अझै पनि एउटा क्यानबाट भाग्य चम्काउने मौका बाँकी रहेकाले अभियानमा सहभागी हुन सबैमा आग्रह गरेको छ।
ADVERTISEMENT

