विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने
zeenepal
२०८१ जेष्ठ १५,
3
Shares
काठमाडौं । सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने घोषणा गरेका हुन् उनले भने,
‘वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई स्वरोजगार बनाइने छ ।’वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिक र बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ ।