काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले समितिको प्रतिवेदन सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् ।
उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रूपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘ प्रतिवेदनले देशभरि पीडामा भएका व्यक्तिहरू (पीडित)को आँसु पुछियोस् । कसैप्रति लक्षित नभईकन सम्बन्धित वर्गहरूको लागि जुन समिति खडा गरेका छौँ उहाँहरूको आँसु पुछियोस् भन्ने मेरो शुभकामना छ ।उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरूको आँसु पुछिनुपर्ने बताइन्

