
एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये ८ ओटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको जनाईएको छ ।‘पुनर्निर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन’ वर्षात र बाढीको प्रकोपका कारण सिर्जित आपत्तकालीन सडक तथा यातायात व्यस्थापनको कार्यमा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गरे ।वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरुसँग छलफल भई रहेको समेतमन्त्री दाहालले बताए ।तर दातृनिकायहरुको मात्र नपरि मन्त्रालयले आफ्नै स्रोतबाट भएपनि पुनर्निर्माण कार्यलाई अघि बढाउने उनको भनाइ थियो ।मन्त्रालयले यस सय दिनको अवधीमा सरकारले नीतिगत र कानूनी कार्यहरुलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । नीतिगत, सुशासन र कानूनी सुधार तर्फ सय दिनको अवधीमा ७ उपलब्धि प्राप्त भएका छन् ।