
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले मंगलबार नै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उनले साेही दिन नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुने छन् ।