
कांग्रेस–एमालेजस्ता ठुला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए । उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरी संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने बताए । त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिवार सम्पन्न हुने बताइएको छ ।