भारत : भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए ।
ADVERTISEMENT
