पोखरा ६ असार । नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलो हुने बताएकी छिन् ।
नेपाल तरुण दलले पोखरामा गरेको कार्यक्रममा उनले फरक फरक क्षेत्रका मान्छे फरक फरक बिचार बोकेर राजनीतिमा आउनु राम्रो र रमाइलो हुने बताइन् ।
संविधान बनाउने बेलामा स्वतन्त्र उठ्न दिने कि नदिने, थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्नेमा विवाद भएको स्मरण गराउँदै कांग्रेस नेता देउवाले आफूहरुले स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेको बताइन् ।
ADVERTISEMENT