माओवादी एजेन्डाले सार्थकता पाउँदै गएको छ : प्रचण्ड
zeenepal
२०८१ फाल्गुन १,
18
Shares
गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले सार्थकता पाउँदै गएको बताएका छन् ।बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् अध्यक्ष प्रचण्डले अहिले संविधान कार्यान्वयन चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
विकास निर्माणका सवालमा सबै एक जुट भएर अगाडि जान सकिने भन्दै उनले सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रूपमा प्रदान गर्नुपर्ने बताए ।मालिका गाउँपालिकाले निर्माण गरेको पिस पार्क र हेलिप्याड नेपालकै नमुना भएको आफूले अनुभूति गरेको उनको भनाइ छ ।उनले हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।सात करोड ६७ लाख रुपैयाँ लागतमा विकोइ श्रेष्ठ सुनिल समिर जेभीले भवनको निर्माण गरेको थियो ।बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको शहीद पार्कको उद्घाटन समेत गरे ।