
अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरवबोध गर्नुहुन्छ । उहाँलाई संविधानसित मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलव छैन । जतिधेरै छलफल गर्यो त्यति राम्रो हो । विधिको पालन गर्नु अनिवार्य नै हो,' अध्यक्ष नेपालले भने ।
संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्तासमेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप नेपालको छ । संसद् अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने उनको भनाइ छ ।भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको अध्यक्ष नेपालको आरोप छ । उनले वर्तमान सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे ।