काठमाडौं, नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष तथा समाजसेवी अनूप कुमारको जन्मदिन विभिन्न कार्यक्रमसहित मनाइएको छ। यस अवसरमा उनलाई शुभेच्छुक, संगठनका पदाधिकारी तथा समाजका अगुवाहरूले शुभकामना व्यक्त गरेका छन्।
संगठनका सदस्यहरूका अनुसार अन्तर्राष्ट्रिय अध्यक्ष अनूप कुमारले नेपाल–भारत मैत्री, सहकार्य र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उहाँको सक्रियता, समर्पण र नेतृत्व क्षमताको उच्च प्रशंसा गर्दै शुभेच्छुकहरूले आगामी दिनमा पनि यही जोश र प्रतिबद्धतासहित अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। यसै क्रममा, अनूप कुमार जीलाई जन्मदिनको धेरै–धेरै बधाई एवं शुभकामनाएँ” भन्दै सामाजिक सञ्जालमा शुभकामनाहरूको ओइरो लागेको छ। नयाँ वर्ष, उत्तम स्वास्थ्य, दीर्घायु र सफलताका लागि शुभेच्छुकहरूले उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

