काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा तोडफोड भएको छ ।डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा तोडफोड भएको हो । खनालको कार्यकक्षमा रहेको कुर्सी, टेबल र गमाला फुटाइएको एक कर्मचारीले जानकारी दिए ।
विद्यार्थीको एउटा समूह आएर तोडफोड गरेको हो,’ ती कर्मचारीले भने ।बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै विद्यार्थीले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ ।पुन प्रवेश परीक्षा हुनुपर्यो भनेर अस्कलबाट विद्यार्थी आएका थिए । कोही अस्कालमा स्ववियुका पनि थिए,’ ती कर्मचारीले भने, ‘उनीहरूको नाम भने थाहा भएन ।तोडफोड भएपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरीको टोली पुगेको थियो । तर तोडफोडमा संलग्नहरू पक्राउन भएका छैनन् । सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा हुन नसक्ने डिन कार्यालयको भनाइ छ ।
ADVERTISEMENT

