काठमाडौँ २० असार प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन सेनापति शर्मा असार ४ गते भ्रमणमा गएका थिए ।उनले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका हुन् ।
शर्माले आफ्नो भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका हुन् । भ्रमणको क्रममा शर्माले अमेरिकी सेनाप्रमुखसहित अमेरिका र लेबनानका उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।
ADVERTISEMENT