काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित कार्यक्रममा उनले पार्टी माथि नियोजित रूपमा प्रहार गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए । नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ,’ महामन्त्री पौडेलले भने,कुनै एउटा पात्र खडा गरेर । कपोकल्पित कुरा प्रचारमा ल्याइएको छ ।कांग्रेसले त्यसरी पैसा तिरेर वैधानिकता लिएको भए अहिले सत्ताविरुद्ध सबैभन्दा सशक्त आवाज उठाइरहेको पार्टीका रूपमा उभिन नसक्ने उनले जिकिर गरे । पौडेलले कांग्रेसले सत्ताको ज्यादतीविरुद्ध निरन्तर प्रश्न उठाउँदै आएको र सभापति गगन थापाले त्यसको नेतृत्व गरिरहेको बताए ।
महामन्त्री पौडेलले उक्त अडियो आरोप सत्य भएको भए सरकारले प्रहरीलाई तत्काल अनुसन्धान अघि बढाएर बयान लिई अदालतमा पेस गर्न निर्देशन दिने बताए । तर, बयानबारे प्रहरीलाई वक्तव्य नदिन लगाउने र विषयलाई अन्योलमा राख्ने काम भइरहेको उनको आरोप छ।त्यो कुरा सत्य थियो भने प्रहरीलाई छिटो–छिटो बयान लिएर अदालत लैजाऊ भनेर सत्ताले भन्थ्यो,’ महामन्त्री पौडेलले भने । उनले राज्यका विभिन्न संरचनामाथि सत्ताको नियन्त्रण रहेको दाबी गर्दै कांग्रेसविरुद्ध लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए सरकारले यतिका दिनसम्म पर्खेर नबस्ने जिकिर गरे । ‘प्रमाण हुन्थ्यो भने यति दिन पर्खन्थ्यो ?’ पौडेलले प्रश्न गरे ।