दाङ । सीता एयरलाइन्सले भोलिदेखि हप्तामा तीनदिन दाङ–काठमाडौं उडान भर्ने भएको छ ।सीता एयरले तुलसीपुरको टरिगाउँ विमानस्थलमा सोमबार, बुधबार र शनिबार गरी हप्ताको तीन दिन उडान भर्ने भएको हो । नियिमत उडान भर्ने भएपछि नयाँ भाडा पनि निर्धारण गरिएको छ ।
अहिले भाडादर काठमाडौँ – दाङ ८ हजार, दाङ–काठमाडौं ८ हजार १०० रुपैयाँ तय गरिएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट दिउँसो १२:१० बजे र दाङबाट दिउँसो साढे १ बजे उडान भर्नेछ ।
माघ १३ गते सीताले परीक्षण उडान भरेको थियो ।योसँगै तुलसीपुरको टरिगाउँ विमानस्थलमाबाट हप्तामा ६ दिन जहाजले उडान भर्ने छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको थियो । अहिले टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आइसकेको छ ।