काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन ।
आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर सोमबार पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।एमालेले तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएकाले उक्त नियुक्ति बदर गर्न परमादेशको आदेश माग गरेको थियो ।