
छुरा प्रहारबाट घाइते भएका रुपेश यादवको पर्साको बयोधा अस्पतालमा उपचार भइरहेको छ । सरकारले उनको उपचार निशुल्क गर्नुपर्ने र घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर गृहमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएको महाअभियानका संयोजक विजय प्रकाश निषादले बताए ।
संयोजक निषादले आर्थिक अवस्था कमजोर भएको कारण रुपेशको उपचारमा समस्या भइरहेको बताए । उनको उपचारका लागि सहयोगका लागि सर्वसाधारणमा आह्वान समेत गरेको उनको भनाइ छ । स्वास्थ्य अवस्थामा सुधार नआएको कारण थप उपचारको आवश्यकता देखिएको उनले बताए ।