नेपालगन्जका चिकित्सक डा. श्रेष्ठले जिते अन्तराष्ट्रिय पदक
zeenepal
२०८० पुष ६,
6
Shares
नेपालगन्जका चिकित्सक डा. प्रतिक श्रेष्ठले अन्तराष्ट्रिय पद जितेका छन् । भारतको हैदराबादमा सम्पन्न भएको वल्र्ड स्टे«न्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।उक्त प्रतियोगिता यही डिसेम्बर १८ देखी २१ तारिखसम्म सञ्चालन भएको थियो ।
प्रतियोगिताका पदक विजेता श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । नेपालको प्रतिनिधित्व गरेर स्वर्ण पदक प्राप्त गरेको भन्दै अहिले सामाजिक सञ्जालभरी उनलाई बधाईको ओईरो नै लागेको छ