जनकपुरधाम ६ जेठ, । मधेश प्रदेश सभाको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ जेठ बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
असारको पहिलो साता यो बैठक बोलाउने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बैठक जनकपुरधाममै बस्नेछ ।
यो ऐन २०७६ साल माघ १८ गते नै राष्ट्रपतिले प्रमाणिकरण गरिसकेको र प्रदेशमा २०७५ सालमै प्रदेश प्रहरी ऐन निर्माण भइसकेको, नेपालको संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहनेछ भन्ने व्यवस्था गरेको, सोही धाराको उपधारा ३ मा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण तथा समन्वय सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने उल्लेख रहेको भएपनि संघीय सरकारले कार्यान्वयन गर्न ध्यान नदिएको मधेश प्रदेश सरकारले बताउँदै आएको छ ।
दुई वर्षदेखि संघीय सरकार आफैंले बनाएको कानुनको कार्यान्वयन नगरी संविधान विपरीतको कार्य गरिरहेको भन्दै मधेश प्रदेश सभामा संकल्प प्रस्ताव पनि पारित गरिएको छ ।
ADVERTISEMENT