
पहिले पनि नेतान्याहूले व्यक्त गरेका थिए असहमति हमाससँगको युद्ध विराम सम्झौता अझै पूरा भएको छैन र यसलाई अन्तिम रूप दिने काम भइरहेको यसअघि नेतन्याहूले बुधवार अबेर राति भनेका थिए । नेतन्याहूको यो भनाइको केही घण्टाअघि मात्र अमेरिका र कतारले युद्ध विराम सम्झौताको घोषणा गरेका थिए । यसले गाजामा १५ महिना लामो युद्ध अन्त्य गर्ने र ठुलो सङ्ख्यामा बन्धकहरूलाई रिहा गर्ने मार्ग प्रशस्त गर्ने आशा गरिएको थियो । सम्झौताको घोषणापछि ठुलो सङ्ख्यामा प्यालेस्टिनीहरू सडकमा उत्रिएर उत्सव मनाएका थिए ।