काठमाडौँ । सप्ताहव्यापी बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस नेता डा. शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट भएको छ । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनीहरूबिच संसद् भवन हाउस अफ कमन्स भेट संवाद भएको हो । भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थपलियाले जानकारी दिए ।
ADVERTISEMENT

