काठमाडौँ । दसैँको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिङ्कले ‘दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ । चाडपर्वको माहौललाई अझ रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले कम्पनीले उक्त नयाँ अफर ल्याएको हो ।ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक कार्यक्रमका बिच कम्पनीले यो अभियानको औपचारिक घोषणा गरेको हो । अभियान अन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानको विजेता बन्नेछन् ।
यस अभियान अन्तर्गत १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् ।चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । देशभर पुग्ने पुरस्कारयुक्त क्यानमार्फत म्याक्स टाइगरले यसपटकको दसैँलाई उपभोक्ताका लागि थप कौतुहलता र पुरस्कारको सम्भावनासँग जोडेको छ ।

