काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ सुरु हुनुअगावै खेलको माहोललाई उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ। प्रतियोगितामा सहभागी कुल आठ टोलीमध्ये सात टोलीको प्रायोजक रहेको एक्सट्रीमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ती सातवटै टोलीलाई समर्पित गर्दै सातवटा आकर्षक गेट निर्माण गरेको हो।
एनपीएलका खेलहरू सञ्चालन हुने मुख्य मैदानबाहिरै क्रिकेट समर्थकहरूलाई सम्बन्धित टोलीको उत्साहसँग जोड्ने उद्देश्यले यी गेटहरू तयार पारिएका हुन्। निर्माण गरिएका ती गेटहरूमा सम्बन्धित टोलीको पहिचानका साथै एक्सट्रीमको ब्रान्डिङ झल्किने गरी सजावट गरिएको छ। एनपीएल सुरु हुनुपूर्व नै समर्थकहरूलाई लक्षित गरी यस्तो बृहत् स्तरको ‘एक्टिभेसन’ सञ्चालन गर्ने आफू पहिलो ब्रान्ड बनेको कम्पनीले दाबी गरेको छ।
एक्सट्रीमले एनपीएलका टोलीहरू काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ। यसका साथै कम्पनीले पोल ब्यानर, होर्डिङ बोर्ड, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत प्रतियोगिताको माहोललाई देशव्यापी रूपमा थप व्यापक र रोमाञ्चक बनाउँदै लगेको जनाएको छ। एनपीएल सिजन ३ आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ।
ADVERTISEMENT

