मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास हुन्छ : सञ्चारमन्त्री शर्मा
zeenepal
२०८० असार २५,
3
Shares
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छिन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन् ।बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो, यसबाट प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ, यो नै राम्रो कुरा भयो,’ उनले भनिन्, ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ ।
मिटर ब्याजसम्ब विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ ।मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो सरकारले सो प्रतिस्थापन विधेयकलाई अब विधेयककैरुपमा अघि बढाउने निर्णय गरिसकेको छ भने प्रतिपक्षी दलहरूले समेत त्यससम्बन्धी विधेयक तत्काल पास गर्नुपर्नेमा प्रतिवद्धता जाहेर गरेका छन् ।