काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ ।आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील मानिन्छ ।
त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका थिए,’ उनले भने, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मी सहित यहाँबाट पठाएको टोलीले समेत हेर्नेछ, अनुगमन गर्नेछ ।’उनका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।
मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रुपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने छैन । दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो ।सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्याण्डेट दिइने आयोगले जनाएको छ ।
ADVERTISEMENT